Thursday, September 4, 2025

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भाषा आयोगद्वारा नवौं वार्षिक प्रतिवेदन (आ.व. २०८१/ ८२) प्रस्तुत

भाषा आयोगले वि.सं. २०८२ भाद्र १९ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसमक्ष आयोगको नवौं वार्षिक प्रतिवेदन (आ.व. २०८१/ ८२) प्रस्तुत गऱ्यो । कार्यक्रममा आफ्नो मन्तव्यसहित भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरले राष्ट्रपतिज्यूसमक्ष आयोगको नवौं वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा आयोगका माननीय सदस्यहरू डा. अमरराज गिरी, कृष्णप्रसाद न्यौपाने, मातृका पोखरेल, डा. पुष्करराज भट्ट, सुरेश मानन्धर, आयोगमा सचिव डा. लोक बहादुर लोप्चन लगायत आयोगका अन्य कर्मचारीहरुको उपस्थिति थियो ।
कार्यक्रमको संचालन राष्ट्रपति कार्यालयका सचिव डा. दीपक काफ्लेले गर्नुभएको थियो ।

ooo













No comments:

Post a Comment