Friday, June 19, 2026

सरकारी कामकाजका भाषाहरू : भाषा आयोगको सिफारिस र कार्यान्वयनको अवस्था विषयक गोष्ठी सम्पन्न

सरकारी कामकाजका भाषाहरू : भाषा आयोगको सिफारिस र कार्यान्वयनको अवस्था विषयमा भाषा आयोगले यही २०८३ असार ५ गते शुक्रबार विद्वत प्रवचनको कार्यक्रम आयोजना गऱ्यो । भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रमको विषयवस्तु र औचित्यमाथि माननीय सदस्य डा. पुष्करराज भट्टले धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सरकारी कामकाजका भाषाहरू : भाषा आयोगको सिफारिस र कार्यान्वयनको अवस्था विषयमा भाषा आयोगका पूर्व अध्यक्ष डा. गोपाल ठाकुरले विचारपत्र प्रस्तुत गर्नुभएको थियो । विचारपत्रमाथि भाषा आयोगका सल्लाहकारद्वय रामावतार यादव, जीवेन्द्रदेव गिरीसहित भाषिक अभियन्ताहरू इन्द्रजित सहनी (बज्जिका), उमेश स्थापित (नेपाल भाषा), धनमान गुरुङ ( गुरुङ भाषा ), निरन्ती तुम्बापो ( याक्थुङ लिम्बु), लगायतका वक्ताहरूले आफ्ना जिज्ञासा एवम् कार्यान्वयनको अवस्थाका बारेमा आफ्ना विचारहरु राख्नुभएको थियो ।

कार्यक्रमको संचालन भाषा आयोगका उपसचिव विमला काफ्लेले गर्नुभएको थियो ।

ooo



























सरकारी कामकाजका भाषाहरू : भाषा आयोगको सिफारिस र कार्यान्वयनको अवस्था - डा. गोपाल ठाकुर

 








Sunday, May 31, 2026

इलाममा लुङखिम भाषाको कक्षा सञ्चालनसम्बन्धी स्रोत सामग्री हस्तान्तरण एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न

वि.सं. २०८३ साल जेठ १५ गते सूर्योदय नगरपालिका, इलाममा लुङखिम भाषाको कक्षा सञ्चालनसम्बन्धी स्रोत सामग्री हस्तान्तरण एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । भाषा आयोगको आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलले गर्नु भएको थियो । सूर्योदय नगरपालिकाका का.वा. मेयर दुर्गाकुमार बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सह आयोजक लुङ्खिम राई समाज रहेको थियो ।

कार्यक्रममा भाषा आयोगले प्रबर्द्धन गरेको पाठ्यसामग्री भाषा आयोगका सदस्य मातृका पोखरेलले लुङ्खिम राई समाजका अध्यक्ष अरुण कुमार राईलाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभयो ।

पाठ्यसामाग्री हस्तान्तरण कार्यक्रममा सूर्योदय नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष सन्तोष राई, वान्तवा भाषाका भाषिक अभियन्ता रमेश कुमार राई, लुङ्खिम राई समाज नेपालका पूर्व अध्यक्ष जङ्ग बहादुर राई, लुङ्खिम राई समाज नेपालका पूर्व सचिव पूर्ण बहादुर राई , नरहरी राईले आ-आफ्ना धारणा प्रस्तुत गर्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा भाषा आयोगका उपसचिव गोविन्द पौडेलले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नु भएको थियो ।

ooo