Friday, October 20, 2023

भाषाको अर्थ र अंग्रेजी मानसिकता- सुशील पौडेल


भाषाको सम्वन्धमा कुरा गर्दा, भाषा अभिव्यक्ति र वुझाइको माध्यम हो । विचार आदान–प्रदान गर्ने माध्यम हो । सामान्यता यहि हो , भाषाको परिभाषा । यो अपुरो परिभाषा र अलि संकुचित छ । भाषाको बास्तविक परिभाषा त जीबनजाति, जनजाति समूदाय धर्म र संस्कृति समाजशास्त्र तथा मानवशास्त्रसँग जोडिएको हुन्छ ।

यसर्थमा भाषा विचार विनिमयको माध्यम हो, भाषा सम्वन्धीत जाति जनजाति समूदायको पहिचान हो । भाषाको वास्तविक परिभाषा त जिवनजाति जनजाति समूदाय धर्म संस्कृतिसँग जोडिएको हुन्छ । यसर्थमा भाषा विचार विनिमयको माध्यम हो भने धेरै चाहि भाषा सम्वन्धीत जाति जनजाति समूदायको पहिचान हो । यहाँ भाषाको अर्थहरुले कसैलाई अलमलमा पनि खोज्दछ तर कुरा स्पष्ट नै छ । कुनै द्धिविधामा पर्नुपर्ने जरुरी छैन । उदारणको लागि एक जना थारु जातिले बोल्ने भाषा भनेको अर्को चिनारी हो । आत्म गौरव हो । एक अर्कामा बोल्दा आत्मसम्मान पैदा हुने भाषा हो । आफ्नोपन महसुश गराउने आफ्नो भाषा हो ।

उहि मानिसले कोरियन हिन्दी वा अग्रेजी भाषा कसैसँग बोल्दा विनिमयको माध्यम मात्र हो । यसरी भाषाको अर्थमा दुइ परिभाषाहरु मध्ये धेरै नै फरक छ । यस्तो परिपेक्ष्यमा आफ्नो गहकिलो पहिचान बोकेको मातृ वा पितृभाषालाई लोप गराउने दुष्प्रयत्न गरेर अन्य भाषाप्रति लालालिय हुनु हामी नेपाली जाति भाषा जनजाती भाषाभाषी समुदायको महान कमजोरी देखिएको छ ।

भाषा बोलाई र बुझाइको माध्यम मात्र होइन बरु भाषा भनेको त संसारमा आफुलाई चिनाउने शसक्त औजारको माध्यम हो । भाषा जीवन जिवन जगत हो ।

आफ्नो भुमिका सुगन्ध हो, पहिचान हो । प्राण हो । आफ्नो भाषा विना कुनै पनि जातिको जिवन निरर्थक हुन्छ । उ कुनै पनि ठाँउमा अपरिचित हुन्छ । त्यसकारण, मातृभाषा वा पितृभाष बिनाको जिवन सार्थक हुन सकेको हुँदैन । बाच्नुको कुनै अर्थ हुदैन । जब भाषा लोप हुन्छ, त्यो भाषी जातिको समूदायमा कुनै चिनारी रहदैन । अधिकारको माग गर्ने आधार हुँदैन । त्यसो भएकोले भाषाको महत्व धेरै रहेको छ । भाषासँग धर्म संस्कृति स्वभावैले जोडिएको हुन्छ । यिनिहरु पृथक रहन सक्दैनन् । संस्कारमा बोलेको हुन्छ । धर्ममा भाषा बोलेको हुन्छ । संस्कृतिमा भाषा नभई हुँदैन ।

यसकारण आआफ्नो मौलिक भाषालाई संरक्षण सम्वद्र्धन गर्नु एक अर्का पुस्ताको बढी जिम्मेवारी बढ्दै गएको छ । यसखाले गम्भीर कुरालाई चानचुने ठान्नु ठुलो भुल हुनेछ । हुन त हामी नेपालीको एउटा विवशता छ । अहिलेको विश्वव्यापीकरण भुमण्डलिकरणको विस्तार र विकासको कारण राजनितिक आर्थिक रुपले सम्पन्न राष्ट्रहरुले नेपाल जस्तो प्राकृतिक स्रोत साधनमा ज्यादै धनी तर आर्थिक हिसाबले गरिब राष्ट्रलाई प्रभाव पारिरहेको नै छ । एक पुस्तासम्म प्रयोगमा आउला त्यसपछि कोर्स परिवर्तन हुन सक्दछ ।

तर भाषा संस्कृति भनेको त परिवर्तनशील हुन सक्दैन । विज्ञान र प्रविधि क्षणिक आवश्यकता मात्र हो । आफ्नो पहिचान भनेको त युग युगसम्म अमर रहने ज्यादै महत्वपूर्ण चिज हो । पुर्खाहरुको नासो हो । त्यसकारण हाम्रो भाषा जस्तो पहिचान इतिहास देखि प्रयोग भयो । बर्तमानमा गतिशिल र प्रभावकारी बनाउनु पर्दछ । भविष्यमा अझ मजबुत र व्यवस्थीत बनाउँदै सम्पन्न बनाउनु हामी र हाम्रा भावी सन्ततिहरुको ठुलो कर्तव्य हो । जसले आफ्नो पहिचानको माया गर्छ उसले आफ्नो भाषालाई महत्व दिन्छ । उसले आफ्नो मातृभूमिको लागि योगदान दिन तत्पर तयार हुन्छ । उसले मात्र आफ्नो संस्कृति संस्कार धर्मप्रति आफूलाई जिम्मेबार ठान्दछ । कर्तव्य पुरा गरी आफू र आफ्नो समूदाय जातिलाई शक्ति सम्पन्न बनाउन सक्दछ । उसले मात्र आत्मसम्मानमा बाँच्न सिक्दछ । आफूलाई आत्म गौरब महसुस गर्दछ । एकल धार्मिक भाषिक आर्थिक राजनितिक साम्राज्यबादी निरङ्कुश चिन्तनलाई तोड्न सक्दछ ।

यसो भएकाले अहिलेको यूवा पिँढीले पराधिनतामा जिउन सिक्नु पर्दछ । रमाउन सिक्नुपर्दछ । देशलाई माया गर्न सिक्नुपर्दछ । पुर्खाहरुको बलिदानपूर्ण योगदानलाई आत्मसाथ गरेर इट्टा थप्ने काम गर्नु पर्दछ । हामी विचका आआफ्ना पहिनाहरुलाई पूर्खाहरुले निमार्ण गरि निरन्तर रुपमा बचाएर यहाँसम्म ल्याई पुर्याएका छन् । यस विषयमा बर्तमान युवापुस्ताहरुले बढि गम्भिरतापूर्वक लागिपर्नु जरुरी छ । जीवनलाई सरज सरल बनाउन भाषाको विकास भएको पाइन्छ । मनका कुरा अर्को व्यक्तिलाई सहजै बताउन वुझाउन भाषाको प्रयोग गरिन्छ ।

मानिसले आफ्नो जीवनलाई सहज बनाउन भाषाको विकास गरेको हो । आफ्ना मनका कुराहरु अर्को व्यक्तिलाई सहजै बताउन र बुझाउन भाषाको प्रयोग गरिन्छ यसर्थ भाषाको गरिमा धेरै रहेको पाइन्छ । आधुनिकता तथा विश्वव्यापीकारण भुमण्डलिकरणको लहरसँगै नेपालमा अन्तराष्ट्रिय भाषाहरुको प्रभाव र महत्व बढ्दै गएको छ । विश्वसमुदायलाई वुझ्न त्यहाँको बस्तुस्थिति थाहा पाउन पनि अन्तराष्ट्रिय भाषा सिक्न तथा चासो राख्नु आवश्यक रहेको छ , यसो भन्दैमा नेपाली भाषा कमजोरहरुले मात्र बोल्छन भन्ने सोचाइ राख्नु नितान्त गलत हो ।

नेपाली समाजमा अंग्रेजी बोल्नेलाई विद्धान ठानिने परम्पराको थालनी हुदै गएको छ । हाम्रो शैक्षिक संस्था, विश्वविद्यालय, कलेज स्कूल मा पनि अंग्रेजी भाषालाई प्राथमिकता दिएको पाइन्छ । स्कूलमा भर्ना खुल्दा अग्रेजी भाषामा पठनपाठन गराइन्छ भनि ठुलो धनराशी खर्च गरी विज्ञापन गरेको हामी देख्न सक्छौ ।

आजको समयमा अंग्रेजी कमजोर हुँदा धेरै कठिनाइहरु रहेको पाइन्छ, विभिन्न शैक्षिक संस्थाहरुमा अंग्रजीमा प्रस्तुति दिनुपर्ने, अन्र्तवार्ता दिनुपर्ने, आदि कारणले समस्या पैदा हुने गर्दछ ।

त्यस्तै शैक्षिक क्षेत्रको कुरा गर्दा अग्रेजी माध्यमद्धारा लेखिएमा बढी नम्वर आउने वास्तविकता समेत रहेको छ । नेपाली माध्यमबाट राम्रो प्रस्तुति दिइएको भएता पनि अंग्रेजीको प्रस्तुतिलाई बढी नम्बर दिएको गुनासो धेरै विद्यार्थीहरुको रहेको छ यसले गर्दा ग्रामीण भेगबाट आएका विद्यार्थीहरु सहरी परिवेशमा आफूलाई अंग्रेजीको कारणले गर्दा कमजोर महसुश गर्ने गर्दछन, यसले गर्दा विद्यार्थीको मनोविज्ञानमा समेत असर पर्न थाल्दछ ।

शिक्षा देश विकासको मूल आधार हो । सरकारले सबैले सहज सरल र गुणस्तरिय शिक्षा पाउन क्षेत्रगत आधारमा विशेष नितिनियम ल्याउनु जरुरी छ । ग्रामीण र सहरी क्षेत्रमा एउटै पाठ्यक्रम भए पनि फरक भाषामा पढाइन्छ । नेपालमा पढेर सहर आएकाहरुलाई भाषाकै कारण यहाँको समाजमा घुलमुल हुन गाह्रो भइरहेको हुन्छ । त्यस्तै सहरका भन्दा ग्रामीण परिवेशमा हुर्केका बालबालीकामा आदर सत्कार मेलमिलाप र परस्पर सहयोगको भावना वढी रहेको पनि पाइन्छ ।

अंग्रजी फरर बोल्न जान्ने तर व्यवहारिक जिवनका धेरै पक्ष थाहा नभएकाहरु पनि समाजमा धेरै छन् , सहर र आर्थिक रुपमा सम्पन्न परिवारमा हुर्केकाहरुले मोबाइल इन्टरनेट कम्युटर चलाउने सिपालु हुन्छन र देश विदेशका घटनाहरुका बारेमा पनि छिटै जानकारी पाउछन तर आफ्नै भाषा र संस्कृतिका राम्रा कुराहरु के छन् त्यति थाहा पाउदैनन । आजकाल हाम्रो समाज आधुनिकताको लहरमा यतिसम्म बहकिसक्यो कि विदेशी चाडपर्व आउनु महिनौअघि सहर बजारमा चहलपहल देखिन्छ । महीनौअघिदेखि नै होटल रेस्टुराहले डिस्काउन्ट अफर वोर्डहरु झुण्डाएर बसेको देख्न पाउछौ । यसरी अंग्रजीमोह र विदशी चाडपर्वप्रतिको लगावका कारण हाम्रा चाडपर्वहरु ओझेलमा पर्दै गएका हुन्छन् ।

हाम्रो भाषा संस्कृति लोप हुने अवस्थामा छ यदि हाम्रो चाडपर्व भेषभुषा दिन प्रतिदिन यसरी नै ओझेलमा पर्दै जाने हो भने हाम्रो अस्तित्व नै नरहन पनि सक्छ , त्यसैले हाम्रो पहिचान जोगाउन हामी तयार हुनु पर्छ । ग्रामीण क्षेत्रबाट सहर पसेकाहरुलाई अंग्रजी हाउगुजी बन्ने गरेको छ । उनीहरु विद्यालय क्याम्पस वा कार्यालयमा अंग्रेजी राम्रोसँग नजान्दा अप्ठ्यारो लाज मान्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ । आजकल जति नै गरिब भए पनि हरेक बुबाआमाको सपना छोराछोरीलाई अंग्रजी भाषा फरर बोल्न सिकाउने विद्यालयमा पठाउने हुन्छ ।

यसै भावनालाई वुझेर निजी विद्यालयहरुले अंग्रजी माध्यमबाट पढाइदिन्छु भनि अनावश्यक निकै धेरै रकम उठाउने गरको पाइन्छ यसले गर्दा आफ्नो समाज र संस्कृति लोप हुने देखि अनावश्यक पैसा खर्च हुने गर्दछ । यसर्थ अग्रेजीको साथसाथै नेपाली भाषा संस्कृतिको जर्गेनामा पनि सम्बन्धित निकायको ध्यान जानु जरुरी छ नत्र हाम्रो नेपाली समाज र संस्कृति लोप हुने निश्चित प्राय: छ ।

000

No comments:

Post a Comment