कोशी प्रदेशको बिराटनगरमा २०८१ माघ २४ गते 'कोशी प्रदेशमा सरकारी कामकाजको भाषा विधेयक (२०८१) सम्बन्धी अन्तरक्रिया कार्यक्रम' सम्पन्न भएको छ । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अतिथि हुनुहुन्थ्यो । भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलले कार्यक्रमको औचित्यका बारेमा प्रष्ट पार्नुहुँदै उपस्थित प्रमुख अतिथि, अतिथि सम्पूर्णलाई स्वागत मन्तव्य राख्नु भयो । सरकारी कामकाजको भाषा सम्बन्धी अन्य प्रदेशका अभ्यास र कोशी प्रदेशमा प्रस्तुत मस्यौदा विधेयकका बारेमा भाषा आयोगका सचिव डा. लोकबहादुर लोप्चनले प्रष्ट पार्नुभयो । अन्तर्क्रियामा पूर्व सामाजिक मन्त्री खिनु लङ्वा लिम्बु, सन्जुकुमारी साह, दिलेन्द्र सुब्बा, रामरिझन यादव, बसुन्धरा झा, सन्तोष लिम्बु, प्रविण नारायण चौधरी, धुर्वकुमार लिम्बु , यहाङ लावती, गोपाल तामाङ, जयप्रसाद चौधरी, गोम्बु शेर्पा कर्ज्याङ, रामप्रसाद गुप्ता, विदुर लिङ्थेप, माननीय शोभा चेम्जोङ पालुङ्गा, माननीय कमला थापा मगर, माननीय निर्मला लिम्बु, माननीय भक्तिप्रसाद सिटौला, माननीय कमल प्रसाद जवेगु, माननीय नारायण बुर्जा मगर, माननीय मन्त्री रामबहादुर मगर, माननीय मन्त्री पाँचकर्ण राईलगायतले आ - आफ्नो धारणा राख्दै महत्त्वपूर्ण सुझाव राख्नुभयो । कार्यक्रममा उठेका प्रश्न एवम् जिज्ञासाका बारेमा भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरले प्रष्ट बनाउनु भयो ।
कार्यकमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशमा सरकारी कामकाजको भाषा विधेयक शीघ्र अघि बढाउने बचनबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन भाषा आयोगका उप-सचिव कमला भण्डारी पाण्डेले गर्नुभएको थियो ।
000
No comments:
Post a Comment