भाषा आयोगको आयोजनामा २०८२ साल असोज ५ गते भाषा संवाद यात्रा - ३ अन्तर्गत 'मातृभाषामा शिक्षा सम्वन्धी सिफारिस (परम्परागत ज्ञान पद्धति विद्यालय र उच्च शिक्षा विषयक ) विषयक विद्वत प्रवचन कार्यक्रम सम्पन्न भयो । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रा.डा. लक्ष्मण ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा विषयवस्तुमाथि भाषा आयोगका सचिव का.मु. डा. लोकबहादुर लोप्चनले विचार राख्नुभएको थियो । भाषाविद् एवम् भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी, भाषा आयोगका सल्लाहकार प्रा.डा. रामावतार यादवले कार्यपत्रमाथि टिप्पणि गर्नुभएको थियो । कार्यक्रममा विक्रममणि त्रिपाठी, अजितमान तामाङ, रचना मोक्तान, तुलसी खम्बु, कुछेत नारायण चौधरी , बद्री शर्मा विडारी, जीवन मगर, निर्मल बज्राचार्य, देवबहादुर दुरा, भद्र बराम, लगायतले आफ्ना मातृभाषाको प्रतिनिधित्व गर्दै आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा भाषा आयोगका माननीय सदस्यहरू डा. पुष्करराज भट्ट र सुरेश मानन्धरको पनि उपास्थिति रहेको थियो ।
कार्यक्रमको संचालन भाषा आयोगका उपसचिव विमला काफ्लेले गर्नुभएको थियो ।
No comments:
Post a Comment