Saturday, June 29, 2024

चौंरीदेउरालीमा मातृभाषाहरुकाे संरक्षण, सम्बर्द्धन विषयक विचार-विमर्श कार्यक्रमको आयोजना

चाैंरीदेउराली गाउँपालिका , काभ्रेपलाञ्चोकमा २०८१ असार १४ गते मातृभाषाहरुकाे संरक्षण, सम्बर्द्धन विषयक बिचार -विमर्श एवम् कविगोष्ठी कार्यक्रम सम्पन्न भयो । चाैंरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चाैलागाईको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा -प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ( विमल निभा ) हुनुहुन्थ्यो । कार्यक्रममा भाषाशास्त्री एवम् भाषा आयोगका पूर्व सदस्य अमृत योञ्जन तामाङले चौंरीदेउराली गाउँपालिकामा मातृभाषाहरुकाे संरक्षण, सम्बर्द्धन विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रको प्रस्तुतिपश्चात मातृभाषाको विकास र संरक्षणमा केन्द्रित रहेर विमर्श कार्यक्रम सञ्चालन गरिएको थियो । अर्पण उत्कर्षले सहजीकरण गर्नुभएको उक्त विमर्श कार्यक्रममा अमृत योञ्जन तामाङ, धन लामा र रविन गौतम छलफलमा सहभागी हुनुभएको थियो । कार्यपत्रमाथि भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलले आफ्ना धारणा राख्नुहुँदै एउटा कविता वाचन गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा प्राज्ञ अगिव बनेपाली, त्रिभूवन विश्वविद्यालय, समाजशास्त्र विभागका उपप्राध्यापक एवम् कवि केशव सिलवाल, पद्मकन्या बहुमुखी कलेजका उपप्राध्यापक एवम् समालोचक कुमारी लामा, पूर्वशिक्षक चुँडाप्रसाद चाैलागाईं, संजोग लाफा मगर , कविहरू साेनाम सज्जन किराँती, सुमन पुडासैनी , प्रेमिला राईलगायतका अतिथिहरुले मन्तव्य एवम् रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको अर्को चरणमा विद्यालय स्तरीय कविता प्रतियोगिताको कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सम्पूर्ण कार्यकमको संचालन कवि लोक लामाले गर्नुभएको थियो ।

000

- लोक लामाद्वारा प्रेषित समाचार




















































No comments:

Post a Comment