वि.सं. २०८२ साउन १६ गते शुक्रबार भाषा आयाेगले उमेर हदका कारण आफ्नो कार्यकाल पुरा गरी निवृत्त हुनुभएका भाषा आयोगका सदस्य गोपालप्रसाद सर्राफ (गोपाल अश्क) लाई बिदाइ गऱ्यो । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको अध्यक्षतामा भएको उक्त विदाइ कार्यक्रममा भाषा आयोगका सदस्य डा. अमरराज गिरीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सदस्य गोपालप्रसाद सर्राफले भाषा आयोगले आवश्यक महसुस गरेको खण्डमा आगामी दिनमा आफ्ना ज्ञान र अनुभवहरू प्रयोग गरेर आयोगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्षको आसनबाट बोल्नुहुँदै अध्यक्ष डा. गोपाल ठाकुरले भाषा आयोगले उहाँको ज्ञान र अनुभवलाई आगामी दिनमा उपयोग गर्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा भाषा आयोगका माननीय सदस्यहरू कृष्णप्रसाद न्यौपाने, मातृका पोखरेल, डा. पुष्करराज भट्ट, सुरेश मानन्धर, भाषा आयोगका का.मु. सचिव डा. लोकबहादुर लोप्चन, आयोगका उपसचिवहरू लगायत कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो ।
000
No comments:
Post a Comment