Saturday, September 7, 2024

सरकारी कामकाजको भाषाबारे माङसेबुङ, इलामको अनुभव - सुनिल शेर्मा

           

किरात लिपि लिम्बु भाषा कामकाजको अवस्था 

सुरुमा :
नेपालका पूर्वी पहाडी क्षेत्रमा भोट बर्मेली भाषा परिवारका किरात भाषाहरु बोलिन्छन् । किरात भाषा परिवार भित्र लिम्बु भाषा पनि एक हो । लिम्बु भाषा नेपालको कोशि प्रदेश, नेवाला, भारतको दार्जिलिङ, सिक्किम लगायतका ठाउँहरुमा भुटान, म्यानमारका केही स्थानहरुमा बोलिन्छ । 

किरात लिपि नेपालको एक प्राचीन लिपि हो । लिम्बु भाषा लगायत ९ जातिका ३३ वटा भाषालाई लेख्नको लागि किरात लिपिलाई प्रयोग गरिन्छ । किरात भाषा परिवारभित्र लिम्बू, राई अन्तर्गतका २५ भाषाहरु, कोँइच–सुनुवार, याक्खा अन्तर्गतका दुई भाषा, जिरेल, हायू, सुरेल, थामी लगायतका भाषाहरु लेख्न प्रयोग गरिन्छ ।  

नेपालको संविधान २०७२ अनुसार नेपालमा बोलिने भाषाहरु सबै राष्ट्रिय भाषा हुन । सबै भाषालाई संरक्षण, विकास र प्रवर्धन गर्नु नेपाल सरकारको दायीत्व हो । संविधानत यसको क्षेत्राधिकार स्थानिय सरकारमा निहीत छ ।  

लिम्बु भाषाका वक्ताहरु हाल नेपालको पुर्वि क्षेत्र तल्कालिन लिम्बुवान क्षेत्र हुँदै भारतको दार्जिलिङ र सिक्कीम सम्म बहुसंख्यक बसोवास रहेको छ । नेपालमा लिम्बुरयाक्थुङहरुको संख्या राष्ट्रिय जनगणना २०७८ अनुसार ४१४७०४ र वक्ताको संख्या ३५०४३६ रहेको छ । 

सरकारी कामकाजी भाषाकोरुपमा :

किरात लिम्बु भाषालाई जातिय बाहूल्यताको आधारमा माङसेबुङ गाउँपालिका वडा न. ५, मा मिति २०७५ कार्तिक १५ गते जनसमुदय स्तरबाट निर्णय गरि गाउँ कार्यापालिका तथा गाउँ सभामा पेश गरिएको थियो । सोही प्रस्तावलाई गाउँसभाले पारित गर्यो । मिति २०७५ मंसिर १३ गते सरकारी कामकाजको रुपमा प्रयोग गर्ने भनि औपचारीक कार्यक्रमको साथ घोषणा गरियो । 

किरात लिम्बु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने घोषणा संगै भाषा विज्ञता भएका दिलविर सेर्मा, ललित चन्द्र फियाक, इन्द्र आङदेम्बे र सञ्च सम्बाहाङफेले स्वयमसेवकको रुपमा वडा कार्यालयमा आई सहजिकरण गरे । सो समयमा अक्ति आवश्यकिय कार्यालयको कागजात निर्माण, आवश्यक शब्द संकलन तथा फमहरु निर्माण भएको थियो । 

किरात लिम्बु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा स्थायित्व दिन गाउँपालिकाको पहलमा कार्याविधी (भाषा संस्कृति र ललीतकलाको संरक्षण र विकास कार्यान्वयन निदेर्शिका २०७५) निर्माण गरियो र सोही कार्याविधीको आधारमा मिति २०७६ मंसिर १३ गते कर्मचार िनियुक्त गरियो । 


माङसेबुङ पश्चात चुलाचुली गाउँपालिका वडा न. १, मा पनि मिति २०७८ असोज ११ गते देखी जातिय बाहुल्यताको आधारमा किरात लिम्बु भाषालाई सरकारी कामकाजको भाषा प्रयाग गरिन्छ । 

काम कार्यहरु :
१, कार्यालयको लेटर प्याड, स्टाम तथा छापहरमा किरात लिम्बु भाषा अनिवार्य प्रयोग गरिन्छ । 

२, पञ्जिका प्रमाण पत्रहरु 
जन्म दर्ता, विवाह दर्ता, वसाईसराई, सम्बन्ध विछेद् र मृत्यु दर्ता प्रमाण पत्रहरुको पछाडि पटि किरात लिम्बु भाषामा लेखिदिने अभ्यास रहेको छ । 

३, कार्यालय बाट प्रदान गरिने प्रमाण पत्रहरु
व्यावसाय दर्ता प्रमाण पत्र, परिवारिक विवरण लगायत अन्य आवश्यक कागजात तथा प्रमाण पत्रहरु दुई भाषा र लिपिमा सेवा प्रदान गरिदै आएको छ ।  

४, सिफारिसहरु 
वडा कार्यालयबाट विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा पठाइने सिफारिस पत्रहरु देवनारी लिपि नेपाली भाषामा र किरात लिम्बु भाषामा सेवा प्रदान गरिन्छ । 
जस्तै ः नागरिकता सिफारिस, नागरिकता मुचुल्का, चार किल्ला प्रमाणित, घरबाटो प्रमाणित, विद्युत जडान सिफारिस तथा अन्य आवश्यकिय सिफारिस पत्रहरु दुई भाषामा प्रदान गरिदै आएको छ । 

५, अन्य सहजिकरण 
यस क्षेत्र मातृभाषा वक्ताहरुको संख्या धेरै भएको र वृद्ध तथा वृद्धाहरुले आफ्नो भातृभाषामानै बोलेर जानकारी आदान प्रदान गर्न सहजिकरण गरिदै आएको छ । सामाजिक सुरक्षा भत्ताका सेवा ग्राहि वा सो उमेर समुहका बुवा आमाहरलाई मातृभाषाको सहजिकरणको आवश्यत्ता हुने हुन्छ । अवश्यक्ता अनुसार अन्य काम पनि किरात लिम्बु भाषामा सेवा प्रदान गरिन्छ । 
 
समस्याहरु 
किरात लिम्बु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न निम्न समस्याहरु रहेकाछन् । 
१, सिमित स्थानिय तहमा मात्र यसको प्रयोग हुनु ।  
२, संविधानत खुल्ला भएता पनि नितिगत रुपमा ऐन, कानुन तथा निर्देशिकाहरु पर्याप्त नहुनु । 
३, पर्याप्त आवश्यक स्रोत साधन नहुनु ।
४, आवश्यक बजेटको व्यावस्थापन नहुनु । 
५, जिम्मेवार जनप्रतिनिधी तथा कर्मचारीले कम प्राथमिक्तामा राख्नु ।

आ.ब. २०७६र०७७ देखि २०७९र०८० सम्म कर्मचारीलाई दिइएको मासिक ताल लाई महा लेखा परिक्षकले वेरुजुको रुपमा देखायो । आ.ब. २०८०र०८१ देखि देखि किरात लिम्बु भाषा कर्मचारी व्यावस्थापन शिर्षकमा वजेट राखेर कार्यान्वयन गर्न थालिएको छ  । 


चुनैतिहरु :

किरात लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न निम्न चुनैतिहरु छन् । 

१, स्थायित्व : भाषा आयोगले कोशि प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा मैथिलि र लिम्बु भाषालाई प्रस्ताव गरेता पनि कार्यान्वयन हुन थालेको छौन् । अहिले अभ्यास हुँदै गरेको किरात लिम्बु भाषालाई सरकारी कामकाज एक प्रकारले अभ्यास वा प्रयोगको रुपमा मात्र बुझ्न सकिन्छ । प्रदेश सरकार बाटनै कार्यान्वयन हुन सक्के मात्र स्थायि हुन सक्छ । 
 
२, सरल र सहजता :  किरात लिम्बु भाषा सरकारी कामकाजको अवस्थालाई सरल, सहज तथा डिजिटलरुपमा प्रयोग गर्न सकिने गरि कार्यान्वयन गर्न आवश्यक छ । यसले स्थायित्व र प्रभावकारीताका साथ उन्नत रुपमा प्रयोग वा उपयोग गर्न सकिन्छ । 

३, किरात लिपिको हाल सम्म True Type Font  (TTF) मा मात्र उपलब्ध छ । यो पुरानो सिस्टममा मात्र काम सर्पोट गर्छ । अहिलेको उन्त सिस्टममा सपोट गर्न र नयाँ प्लाटफम Open Type Font (OTF)  हो । हाल सम्म किरात लिपिको इत्ँ प्रविधीमा फन्टको निर्माण नभएको हुननले कुनै कुनै ब्राउजर वा डिभाइसहरुमा लिपि लेखिएका सामाग्रिहरु नदेखीने वा गोलो गोलो मात्र देखीने हुनाले डिजिटल रुपमा प्रयोग गर्न, सेवा दिन समास्या झेल्नु परेको छ ।
 
अन्य थप जानकारीहरु 

लिम्बु भाषा अध्ययनको अवस्था : 

माङसेबुङमा मुन्धुम (सास्त्र) अध्ययन गर्ने किरात साम्जिक मुन्धुम निसामहिम (गुरुकुल प्रकृतिको) एक विद्यालय सञ्चालनमा रहेको छ । 

नेपाली अंग्रेजी बाहेकका अन्य सबै विषयहरु किरात लिपी लिम्बु भाषामा मात्र अध्ययन अध्यापन हुने किरात साम्जिक मुुन्धुम युक्सिङ निसामहिम सञ्चालनमा रहेको छ । 

किरात याक्थुङ चुम्लुङ्को सहजिकरणमा नेपाल सरकार पाठ्यक्रम विकास वोड द्घारा प्रकाशित आनि पान निर्माण गरिएको कक्षा १–५ लिम्बु जातिय बाहुल्यता भएको विद्यालमा पठन पाठन भइरहेको छ ।  

लिम्बु भाषामा उच्च मा.वि. शिक्षा परिसद तर्फ कक्षा ११ र १२ मा भााषिक आन्दोलन स्वरुप सत्यहाङमा मा.वि. पान्थर, पृथ्वी मा.वि. पान्थर, याङनामा मा.वि. पान्थर, सेङवा मा.वि. ताप्लेजुङ, श्री सरस्वती मा.वि. इलाम र श्री सरस्वती मा.वि. केराबारी मोरङमा सञ्चालनमा रहेको छ । 

निजी विद्यालयहरुमा श्री फल्गुनन्द बोडीङ स्कुल र लक्ष्मि बोडीङ स्कुल माङसेबुङ, इलाम साथै मेची बोडीङ स्कुल पान्थरमा पनि अध्यापन भइरहेको छ । 

लिम्बु भाषा अध्ययनको सन्दर्भमा सिक्कीम धेरै अघि छ । सिक्कीम्मा, सिक्कीम विश्व विद्यालयमा (केन्द्र सरकार मार्फत) विद्यावारीधी र सिक्कीम अल्पाइन विश्व विद्यालयमा  स्नातकोतर (निजी) र कन्चन्जंघा स्टेट विश्वविद्यालय स्नातकोतर (सिक्किम सरकारको) सम्म अध्ययन भइरहेको छ । 

000



                                  






















No comments:

Post a Comment