Thursday, January 8, 2026

उदयपुरको कटारीमा 'देवास राई भाषाको समाजभाषावैज्ञानिक अध्ययन' विषयक गोष्ठी सम्पन्न

भाषा आयोगले वि.सं. २०८२ पुस २२ गते उदयपुरको कटारीमा 'देवास राई भाषाको समाजभाषावैज्ञानिक अध्ययन' विषयक कार्यक्रमको आयोजना गऱ्यो । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि कटारी नगरपालिकाका अध्यक्ष राजेश श्रेष्ठ हुनुहुन्थ्यो । कटारी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कुमारसिंह राईले स्वागत मन्तव्य राख्नुहुँदै भाषा आयोगले महत्वपूर्ण कार्यक्रम राखेकोमा प्रसन्नता व्यक्त गर्नुभयो । कार्यक्रममा कटारी नगरपालिकाका उपमेयर गीता खड्कालगायत सहभागी वक्ताहरूले पनि आ -आफ्ना धारणा राख्नुभएको थियो । भाषाविद् डा. कृष्णप्रसाद चालिसेले देवास राई भाषाको समाजभाषावैज्ञानिक अध्ययन गर्दाका चुनौतिका बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा धन्यवादज्ञापन गर्नुहुँदै भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलले देवास राई भाषाको बारेमा यो कार्यक्रम गर्नुको मूल उद्देश्य तथ्यहरूको आधारमा सत्य पत्ता लगाउनु हो भन्नुभयो । गोष्ठीमा कटारी नगरपालिकाका शिक्षा संयोजक सन्जु दाहालले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा किरात देवास राई उत्थान समाजका केन्द्रीय पदाधिकारीहरू, किरात राई यायोक्खाका स्थानीय पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो ।
उक्त कार्यक्रम कटारी नगरपालिकाको सहकार्य र कटारी प्रज्ञा प्रतिष्ठानको संयोजनमा गरिएको थियो ।

000





















































No comments:

Post a Comment